Banijya News

विदेशी पर्यटकले नेपालमा फोनपे क्यूआरबाटै भुक्तानी गर्न सक्ने

1
1.0K Shares

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब फोनपे क्यूआरमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेले नबिल बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ नामक डिजिटल भुक्तानी एप सार्वजनिक गरेको हो ।

यस एपमार्फत पर्यटकले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानमा भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल भ्रमणका क्रममा दैनिक कारोबारका लागि नगदमै निर्भर हुनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।

नेपाल नाउ एपमा पर्यटकले आफ्नो वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) प्रयोग गरी दर्ता गर्न सक्नेछन् । दर्तापछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत एपमा रकम लोड गर्न सकिनेछ । त्यसपछि एपबाट फोनपे क्यूआर कोड स्क्यान गरी विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सकिनेछ ।

नेपालको डिजिटल भुक्तानी प्रणालीमा विदेशी पर्यटकलाई समेत जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको फोनपेले जनाएको छ । यसले पर्यटकलाई नेपाली उपभोक्तासरह डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउनुका साथै डिजिटल वित्तीय सेवा र पर्यटन क्षेत्रबीचको सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल नाउ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ ।

1

Scroll to Top