Banijya News

सहुलियतपूर्ण कर्जाको कार्याविधि मन्त्रिपरिषदमा

1
1.1K Shares

पुस ८, काठमाडौं ।
सहुलियतपूर्ण कर्जाको कार्याविधि संशोधनका लागि मन्त्रिपरिषद पुगेको छ । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गर्दै सरोकारवाला युवाले संशोधनको माग गरेका थिए । कार्यविधिअनुसार बैङ्कहरूले सहुलियतपूर्ण कर्जा नदिने अवस्था कायमै रहेको भन्दै युवाले यसको संशोधनको माग राखेका थिए ।
सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो । सहुलियत कर्जासम्बन्धी विभिन्न सात कार्यक्रमको कार्यान्वयनका लागि एकीकृतरूपमा कार्यविधि तयार भएको थियो । कार्यविधिले व्यावसायिक कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा तथा भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा समेटेको थियो ।
युवा स्वरोजगार बढाउने उद्देश्यसहित सरकारले गतवर्ष कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि प्रभावकारी बन्न नसकेपछि संशोधनमा पुगेको हो । कार्यान्वयनमा सबैभन्दा ठूलो समस्या बैङ्कहरूको आनाकानी नै रह्यो । बैङ्कहरूले लागू गर्नुपर्ने कार्यविधिलाई उनीहरूले त्यो अनुरुप कर्जा लिन चाहनेलाई दिन मानेनन् ।
परिषद्को सहजीकरणमा एनएमबी बैङ्कले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई एक अर्ब लगानी गर्ने घोषणा गरी ऋण प्रवाह गरिरहेको छ । सरकारका तीनबटै राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्क लिमिटेडसँग पनि सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि छलफल चलिरहेको छ । अनुदानसहित कर्जा दिइनेछ जसमा उद्यमशील महिला कर्जामा छ प्रतिशत र अन्य कर्जामा पाँच प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा गरेको कामको सीप खुल्ने प्रमाणपत्र पेस गर्नुपर्ने, विदेशमा सिकेको सीपका आधारमा व्यावसायिक परियोजना प्रस्तुत गर्नुपर्नेजस्ता विषयलाई अनिवार्य गर्नु उपयुक्त नभएको भन्दै संशोधनको माग गरिएको थियो ।

1

Scroll to Top