Banijya News

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत लाभांश दिने

1
1.3K Shares

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको नगaद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।

1

Scroll to Top