Banijya News

कर छुटमार्फत वार्षिक साढे २ खर्ब सहुलियत

1
1.2K Shares

नेपाल सरकारले कर छुटमार्फत वार्षिक रूपमा ठूलो मात्रामा आर्थिक सहुलियत दिने गरेको छ। कर छुटबापत एक वर्षमा लगभग साढे दुई खर्ब रुपैयाँबराबरको सुविधा प्रदान हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ।

समग्रमा कर छुट भन्सार र अन्य करहरू समेत गरेर हुने गरेको छ। महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन २०८२ मा उल्लेख भएअनुसार आर्थिक ऐन, २०८० को दफा १८ मा नेपाल सरकारले प्रचलित कानुनबमोजिम लगाएको दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, बढाउन वा आंशिक वा पूर्णरूपमा राजस्व छुट दिन सक्ने व्यवस्था छ।

त्यस्तै, आर्थिक ऐन, २०८० को अनुसूची १ को दफा १४ तथा दफा १५ मा भन्सार महसुल पूर्ण वा आंशिक छुट हुने व्यवस्था छ। भन्सार विभागको तथ्यांक प्रणालीअनुसार २०८०/८१ मा भन्सार राजस्वतर्फ ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ छुट दिएको देखिन्छ।

आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छुट दिएकामा सोको अभिलेख मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखेको महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले टिप्पणी गरेको छ। तथापि, अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार साफ्टा सुविधाअन्तर्गत माल वस्तु पैठारी गर्दा भन्सार महसुल ४ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ र मूल्य अभिवृद्धि करसमेत छुट भएको छ।

‘यससँगै, आर्थिक ऐन, २०८० को दफा १८ (२) बमोजिम अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतको ३४ अर्ब २७ करोड ५२ लाख पैठारी मूल्यमा ६ अर्ब ६० करोड ९९ लाख रुपैयाँसमेत विगत ४ वर्षमा २० अर्ब ६२ करोड ६९ लाख राजस्व छुट दिएको छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘त्यस्तै, दफा १८ (३) बमोजिम वैदेशिक ऋण वा अनुदानमा सञ्चालित आयोजनाका लागि आयोजना विकास सम्झौताको सर्तको अधीनमा रही ४३ अर्ब ५६ करोड ४८ लाख ३० हजार पैठारी मूल्यका माल वस्तुमा ७ अर्ब ५२ करोड ९८ लाख ८५ हजार रुपैयाँ राजस्व छुट दिएको देखिन्छ।’

छुटबाहेक पनि अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्ब २२ करोड रुपैयाँ राजस्व तथा भाखा नाघेको ऋणको साँवा, ब्याज असुल गर्न बाँकी छ। सोमध्ये राजस्व बक्यौता २ खर्ब ५४ अर्ब ४ करोड रहेकोमा १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ (४८.७३ प्रतिशत) को सम्बन्धमा करदाताहरू न्यायिक पुनरावलोकनमा गएको देखिँदा बक्यौताको ठूलो हिस्सा न्यायिक निकायमा विचाराधीन रहेको देखिन्छ। नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोप र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा, ब्याज १ खर्व ८१ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

सरकारले विशेष गरेर लक्षित वर्गलाई प्रोत्साहनस्वरुप कर छुट दिंदै आएको हो।

अर्थ मन्त्रालयका पूर्वराजस्व सचिव रामशरण पुडासैनी वार्षिक कर छुटले केही हदसम्म दुरुपयोग भएको र यसले असमानता बढाएको भन्दै बरु कर फिर्ता र बजेट अनुदानमा जानुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्, ‘नेपालमा सरकारले कानुन तथा विभिन्न आर्थिक ऐनमार्फत झन्डै साढे दुई खर्ब रुपैयाँ बराबरको वार्षिक कर छुट दिइरहेको अवस्था छ।

1

Scroll to Top