नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले पाउनुपर्ने बोनस खारेज गर्ने निर्णय गरेको भन्दै सुरु गरेको आन्दोलनका कारण प्रारम्भिक शेयर निष्कासन (आईपीओ) गरी बाँडफाँट भइसकेका सात कम्पनीको शेयर सूचीकरण प्रक्रिया रोकिएको छ । एक महिनाभन्दा बढी समयदेखि जारी यस आन्दोलनले पूँजीबजारको नियामक संस्था नेप्सेलाई नेतृत्वविहीन बनाउँदा लगानीकर्ताले करोडौं मूल्यका शेयर किनबेच गर्न पाएका छैनन्।
नेप्सेका कर्मचारीहरू गत असोज ७ गतेदेखि निरन्तर आन्दोलनमा छन्। उनीहरूले आफूहरूले पाउनुपर्ने बोनस खारेज गर्ने निर्णयको विरोध गर्दै नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंको राजीनामा माग गरिरहेका छन्।
कर्मचारीहरूको दबाबका कारण अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईं दुवै जना कार्यालयमा उपस्थित हुन सकेका छैनन्। नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।
।
त्यस्तै भदौ ८ गते आईपीओ बाँडफाँट भएको माबिलुङ इनर्जी पनि हालसम्म दोस्रो बजारमा सूचीकृत हुन नसकेको अवस्था छ । यीबाहेक भदौ १२ गते आईपीओ बाँडफाँट गरेको स्वस्तिक लघुवित्त, भदौ ३० गते बाँडफाँट भएको बन्दीपुर केबलकार, असोज २ गते बाँडफाँट भएको बुंगल हाइड्रो, असोज ८ गते बाँडफाँट भएको झापा इनर्जी र असोज १२ गते बाँडफाँट भएको सागर डिस्टिलरीको शेयर पनि सूचीकरण हुन बाँकी छ ।
दरम खोला हाइड्रो र माबिलुङ इनर्जीको साधारण शेयर दोस्रो बजारमा सूचीकरणका लागि आवश्यक प्रक्रिया ३ साताअघि नै सम्पन्न गरिसकेको शेयर रजिस्ट्रार लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले जानकारी दिएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले ३ साताअघि नै दुई कम्पनीको शेयर सूचीकरणका लागि सूचीकरण शुल्कसमेत बुझाई सकेको बताए । आईपीओ बाँडफाँट भएको २ साताभित्र सूचीकरण गर्न सकिने जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेप्सेमा प्रमुख कार्यकारी अधिकृत नभएकाले सूचीकृत सम्झौता हुन नसकेको गुनासो गरे ।
नेप्सेका कर्मचारीहरू गत असोज ७ गतेदेखि आन्दोलनमा छन् । आफूहरूले पाउनुपर्ने बोनस नदिने निर्णय गरेको भन्दै उनीहरूले अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंको राजीनामा मागिरहेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले बताए । नेप्से प्रवक्ता मुराहरि पराजुलीले पनि १ महिनाभन्दा बढी समयदेखि जारी कर्मचारी आन्दोलन र यसबीचमा परेको दशैँतिहारको बिदाले गर्दा पनि धितोपत्र सूचीकरण नभएको बताए ।
उनका अनुसार केही कम्पनीले मात्र सूचीकरणका लागि आवेदन दिएका छन् । प्रमुख कार्यकारी अधिकृत कार्यालयमा उपस्थित नभएकाले सूचीकरण सम्झौता हुन नसकेको उनले बताए ।
कर्मचारी आन्दोलनबीच गत असोज ९ गते तेह्रथुम पावरको हकप्रद शेयर सूचीकरण भए पनि त्यसपछि भने कुनै पनि धितोपत्र सूचीकृत हुन सकेको छैन ।
नेप्सेमा प्रमुख कार्यकारी अधिकृत उपस्थित नहुने हो भने आईपीओ मात्र होइन अन्य धितोपत्र सूचीकरण प्रक्रियासमेत प्रभावित हुनेछ । पछिल्लो समय धेरै कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको अवस्था छ । अवितरित हकप्रद शेयर लिलामीपछि तीन कम्पनीले पनि उक्त शेयर दोस्रो बजारमा सूचीकृत गराउनेछन् । प्रतिशेयर १०० रुपैयाँमा खरीद गरेका आईपीओ र हकप्रद शेयर लगानीकर्ताले दोस्रो बजारमा भने बढी मूल्यमा कारोबार गर्ने सम्भावना हुन्छ ।
लामो समय आफ्नो लगानी कारोबारयोग्य नहुँदा लगानीकर्तामा निराशा छाउने सम्भावना रहन्छ । नेप्सेसँगै पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पनि कर्मचारी आन्दोलन चलिरहेको छ ।


