नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा भट्ट नियुक्त भएका हुन् ।
उनलाई कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।


