Banijya News

३६ अर्ब ७७ करोड नाघ्यो व्यतित बीमालेखको रकम

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिना कात्तिक मसान्तसम्ममा व्यतित बीमालेखबापतको रकम र बीमालेख संख्या दुवै बढेको छ। गत आर्थिक वर्ष २०८१।८२ को कात्तिक मसान्तको तुलनामा २०८२।८३ कात्तिक मसान्तसम्ममा यो वृद्धि भएको हो। व्यतित बीमालेखको रकम ३५ अर्ब १३ करोड २ लाख ९४ हजार रुपैयाँबाट रुपैयाँबाट ४.६९ प्रतिशतले बढेर ३६ अर्ब ७७ करोड ८५ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

व्यतित बीमालेखको संख्या १२ लाख ५ हजार ९६२ बाट ०.९७ प्रतिशत बढेर १२ लाख १७ हजार ७०२ पुगेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या र रकम दुवैमा गिरावट देखिएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको ‘बीमा प्रतिविम्ब’मा प्रकाशित विवरणअनुसार बीमालेख समर्पण संख्या १८.१४ प्रतिशत घटेको छ। समीक्षा अवधिसम्म बीमालेख समर्पण संख्या ३५ लाख ९८५ बाट घटेर २९ हजार ४५९ मा सीमित हुन पुगेको छ।

यसैगरी समर्पण रकमसमेत ६.२७ प्रतिशत घटेको छ। गत आर्थिक वर्ष २०८१।८२ मा ४ अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेकोमा यो वर्ष घटेर ४ अर्ब ५२ अर्ब ६९ लाख ६६ हजार रुपैयाँ झरेको छ।

1

Scroll to Top