नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । मंगलबारको तुलनामा आज (पुस २) सुन तोलामा ७०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ ।
अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको थियो । त्यसैगरी चाँदी पनि १७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


