Banijya News

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1
1.2K Shares

नेप्सेमा आज पुस २१ गते सोमबारसम्म शेयर खरिद गरी कायम भएका लगानीकर्ताले तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्न सक्नेछन्। ती कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आज अन्तिम दिन तोकिएको हो।

बुक क्लोज मितिपछि नेप्सेमा शेयर किन्ने लगानीकर्ताले भने सम्बन्धित कम्पनीहरूको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउने छैनन्। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ प्रतिशत बोनस शेयर र ३.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वार्षिक साधारणसभा पनि पुस ३० गते नै बस्नेछ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको साधारणसभा पुस ३० गते आयोजना हुने तय भएको छ।

त्यस्तै, बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस ३० गते आयोजना हुने जनाइएको छ। यस अनुसार आज पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी बनेका लगानीकर्ताले मात्र यी तीनै कम्पनीको लाभांश पाउनेछन्।

1

Scroll to Top