Banijya News

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

1
1.2K Shares

नागरिक लगानी कोषले सेयरधनीलाई वितरण गर्ने १३ प्रतिशत लाभांश औपचारिक रूपमा पारित गरेको छ। कोषको ३१औँ वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेसँगै सेयरधनीले ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने भएका छन्।

यसअघि सञ्चालक समिति बैठकले कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसलाई साधारण सभाबाट अनुमोदन गरिएको हो। कोषका अनुसार पारित लाभांश साधारण सभा सम्पन्न भएपछि तोकिएको मितिअनुसार सेयरधनीलाई वितरण गरिनेछ।

गत आर्थिक वर्षमा कोषले सेयरधनीलाई ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। हाल नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ, जसमा २० प्रतिशत सेयर सर्वसाधारण र ८० प्रतिशत संस्थापक समूहको स्वामित्वमा छ। संस्थापक सेयरमध्ये सरकारको २३.३४ प्रतिशत, नेपाल स्टक एक्स्चेन्जको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३१.५५ प्रतिशत तथा बैंक तथा वित्तीय संस्थाको १५.११ प्रतिशत हिस्सा रहेको छ।

५ प्रतिशत बोनस सेयर वितरणपछि नागरिक लगानी कोषको चुक्ता पूँजी थप वृद्धि हुने कम्पनीले जनाएको छ।

1

Scroll to Top