Banijya News

एलपी ग्यास पाइपलाइन परियोजनालाई तीव्रता दिँदै निगम

1
1.2K Shares

नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ। अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रस्ताव आयाल निगमले प्रस्ताव गरेको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अमलेखगञ्ज–चितवन पाइपलाइन परियोजना अघि बढेको जानकारी दिए।

यो परियोजना अमलेखगञ्ज–चितवनको लम्बाइ करिव ६२ किलोमिटर हुनेछ भने भने क्षमता २ मिलियन मेट्रिक टन हुने उनले जानकारी दिए। यसको लागत तथा निर्माण भारतीय आयल कर्पोरेसनले भारत सरकारको अनुदानमा पाइपलाइन निर्माण गर्दैछ। दुई पाइपलाइनको कुल अनुमानित लागत करिव १५ अर्ब नेपाली रुपैयाँ हुनेछ। भट्टकाअनुसार चितवनको भण्डारण गृह भने नेपाल आयल निगमको आफ्नै बजेटबाट निर्माण हुँदैछ। जसमा करिब ८ अर्ब खर्च हुनेछ। मोतिहारी–अमलेखगञ्ज पाइपलाइनसँग जोडिएर पेट्रोल, डिजेल जस्ता इन्धन चितवनसम्म पाइपबाटै पुर्‍याइनेछ।

यस्तै सिलगुढी–झापा पाइपलाइन परियोजना करिव ५० किलोमिटरको हुनेछ। यसको लागत करिब ९ अर्ब नेपाली रुपैयाँ हुने प्रारम्भिक अनुमान छ। भट्टका अनुसार निर्माण आइओसीले अनुदानमा पाइपलाइन र झापामा भण्डारण टर्मिनल निर्माण गर्नेछ। यो पनि २०२४ अक्टोबरमा नेपाल–भारतबीच फ्रेमवर्क सम्झौतापछि कार्यान्वयन चरणमा प्रवेश गरेको छ।कुल दुई परियोजनाको लागत करिब १५–१६ अर्ब भारतीय पक्षबाट खर्च हुनेछ। यसले कोशी प्रदेशको इन्धन माग पूरा गर्नेछ र ढुवानी खर्च घटाउने छ।

पाइपलाइनबाट भारतबाट ग्यास ल्याउने तयारी

मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइपलाइन प्रस्ताव हाल ट्रक÷बुलेटबाट भारतबाट आयात हुने एलपीजी ग्यासको ढुवानीमा वार्षिक करिब ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ, जुन मुख्य रूपमा भारतीय ढुवानीकर्तालाई जाने गरेको छ। यो रकम वचत गर्न र आपूर्ति सहज बनाउन नेपाल आयाल निगमले पाइपलाइनबाटै ग्यास नेपाल ल्याउने तयारी गरेको कार्यकारी निर्देशक भट्टले बताए।

उनकाअनुसार भारतको मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन निर्माण गर्ने योजना बनिसकेको छ। त्यहाँ २० दिन बढीको भण्डारण गृह राख्ने बनाइनेछ। नेपाली बुलेटबाट उद्योग तथा बोटलिङ प्लान्टमा वितरण गर्ने योजना छ। उक्त परियोजनाको लागत प्रारम्भिक अनुमानअनुसार करिव १२ अर्ब रुपैयाँको रहेको छ। यो बनिसकेपछि ढुवानी भाडा धेरै कम हुने, नेपालमै रकम वचत हुने ग्यास सस्तो पर्ने, सिजनमा ग्यासको अभाव हट्ने र वितरण सहज हुने भट्टले जानकारी दिए।

उनकाअनुसार यो परियोजना अझै प्रस्ताव चरणमा छ। नेपाल आयल निगमले भारत सरकारसँग अनुदानमा निर्माण गर्न प्रस्ताव गरिरहेको छ। तर हालसम्म ठोस प्रतिक्रिया आएको छैन। वित्तीय ढाँचा पूर्ण तयार नभएकाले विस्तृत अध्ययन पछि मात्र यकिन लागत र कार्यान्वयन थाहा हुनेछ। उनकाअनुसार यो परियोजनालाई अनुदानमा बनाइदिन भारत सरकारसँग आयल निगमले गरेको प्रस्तावमा भारतबाट प्रतिक्रिया आएपछि काम अघि बढ्नेछ। भारत तयार नभए नेपालले आफैँ यो परियोजनालाई अघि बढाउन सक्षम रहेको समेत भट्टले जानकारी दिए।

छिमेकी मुलुकबाट पाइपलाइनमार्फत आयात हुने एलपी ग्यासले ढुवानी लागत घटाउने, आपूर्ति निरन्तर राख्ने र सडकमार्गमा हुने दुर्घटना जोखिम कम गर्ने अपेक्षा गरिएको छ। पाइपलाइन मार्फत ग्यास ल्याउँदा केही चुनौती पनि रहेका छन्। विशेषज्ञहरूका अनुसार, प्राविधिक खराबी, चुहावट वा प्राकृतिक प्रकोपका कारण आगलागी वा विस्फोटको सम्भावना रहन्छ। तर, नियमित निगरानी, सुरक्षा मापदण्डको पालना र आधुनिक प्रविधिको प्रयोगले यी जोखिम न्यून गर्न सकिन्छ।

उपभोक्ताले पाउलान स्थिर मूल्यमा ?

नेपालमा पाइपलाइन मार्फत एलपीजी ग्यास आपूर्ति गर्ने योजनाले उपभोक्तालाई दीर्घकालमा स्थिर मूल्यमा ग्यास पुर्याउने महत्त्वाकांक्षा लिएको छ । ढुवानी खर्चमा कमी र आपूर्ति शृङ्खलाको निरन्तरताले उपभोक्ताले स्थिर मुल्यमा ग्याँस पाउने छन् । प्रारम्भिक चरणमा ठूलो लगानी भएपनि, एकपटक पाइपलाइन सञ्चालनमा आएपछि यसले ट्रकबाट हुने ढुवानीको अतिरिक्त लागत, समय र सडक दुर्घटनाको जोखिम हटाउने छ, जसले ग्यासको मूल्य नियन्त्रणमा सहजता ल्याउनेछ।

पाइपलाइन निर्माणको ठूलो प्रारम्भिक लागतले मूल्य नीतिमा असर पार्न सक्छ। साथै, ग्यासको अन्तिम मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, भारतसँगको आपूर्ति सम्झौता र विनिमय दर जस्ता बाह्य कारकहरूमा निर्भर हुने हुनाले पूर्ण रूपमा नियन्त्रण गर्न भने केहि कठिन छ। प्राविधिक खराबी, प्राकृतिक प्रकोप वा सुरक्षा चुनौतीले आपूर्ति बन्द भएमा बजारमा ठूलो असर पर्न सक्छ ।

आगामी वर्षहरूमा यस परियोजनालाई विस्तार गर्दै सबै प्रमुख शहर र ग्रामीण क्षेत्रमा ग्यास आपूर्ति पु¥याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।छिमेकी मुलुकबाट पाइपलाइनमार्फत आयात हुने एलपी ग्यासले ढुवानी लागत घटाउने, आपूर्ति निरन्तर राख्ने र सडकमार्गमा हुने दुर्घटना जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top