Banijya News

जय अम्बे स्टील्सले आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने

1
1.1K Shares

जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १४ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । साथै गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

अम्बे ग्रुप अन्तर्गत सञ्चालित यस कम्पनीले आधुनिक ढङ्गले स्टील उत्पादन गर्दै आएको छ । यस कम्पनीले उत्पादन गरेको स्टील देशको निर्माण क्षेत्र, होटल व्यवसाय, उद्योग तथा पूर्वाधार परियोजनाहरुमा बढी प्रयोग हुने गरेको छ । आधुनिक निर्माणका लागि बलियो र लचकदार हुने भएकाले कम्पनीको स्टील यी क्षेत्रमा बढी प्रयोग हुने जानकारी कम्पनीले दिएको छ ।

1

Scroll to Top