Banijya News

आन्तरिक ऋणको दायित्व जीडीपीको २.५४ प्रतिशत

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक ऋण सेवा खर्च जीडीपीको २.५४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को अनुमानित कूल गार्हस्थ उत्पादन (जीडीपी) रू. ६१ खर्ब ७ अर्ब २२ करोडको आधारमा यो अनुपात निर्धारण गरिएको हो । सरकारले ऋण सेवाका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेकोमा हालसम्म १ खर्ब ८७ अर्ब १२ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ, जुन वार्षिक लक्ष्यको ४५.५३ प्रतिशत हो। गत आर्थिक वर्ष २०८१/८२ को अनुमानित कूल गार्हस्थ उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँसँग तुलना गर्दा हालसम्मको ऋण सेवा खर्च जीडीपीको ३.०६ प्रतिशत पुगेको देखिन्छ । यसमध्ये आन्तरिक ऋणको दायित्व जीडीपीको २.५४ प्रतिशत र बाह्य ऋणको दायित्व ०.५२ प्रतिशत रहेको छ।

ऋणको प्रकृति हेर्दा आन्तरिक ऋणतर्फ सरकारले ठुलो रकम परिचालन गरेको छ । आन्तरिक ऋण सेवाका लागि ३ खर्ब ४३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएकोमा समीक्षा अवधिसम्म ४५.१६ प्रतिशत अर्थात् १ खर्ब ५५ अर्ब १३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। यसअन्तर्गत साँवा भुक्तानीतर्फ २ खर्ब ५० अर्ब ५९ करोड ७३ लाखमध्ये ५०.५८ प्रतिशत (१ खर्ब २६ अर्ब ७६ करोड) र ब्याज भुक्तानीतर्फ ९२ अर्ब ९६ करोड १४ लाखमध्ये ३०.५२ प्रतिशत (२८ अर्ब ३७ करोड ५४ लाख) खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विनियोजन गरेको बजेटमध्ये झन्डै आधा हिस्सा समीक्षा खर्च गरेको छ ।

त्यसैगरी, बाह्य ऋणतर्फ ६७ अर्ब ४५ करोड १६ लाख रुपैयाँ विनियोजन भएकोमा समीक्षा अवधिसम्म ४७.४३ प्रतिशत अर्थात् ३१ अर्ब ९९ करोड १२ लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये साँवा भुक्तानीतर्फ ५१ अर्ब ८८ करोडमध्ये ५०.३७ प्रतिशत (२६ अर्ब १३ करोड ३९ लाख) र ब्याजतर्फ १५ अर्ब ५७ करोड १६ लाखमध्ये ३७.६२ प्रतिशत (५ अर्ब ८५ करोड ७४ लाख) भुक्तानी भएको छ। समग्रमा समीक्षा अवधिसम्म कुल १ खर्ब ५२ अर्ब ८९ करोड ३९ लाख साँवा र ३४ अर्ब २३ करोड २८ लाख ब्याज भुक्तानी भएको देखिन्छ। ऋण सेवामा भएको यो उच्च खर्चले मुलुकको सार्वजनिक वित्त व्यवस्थापनमा उल्लेख्य वित्तीय दायित्व थपिएको र विकास खर्चका लागि स्रोतको चाप पर्न सक्ने देखिएको छ।

1

Scroll to Top