Banijya News

तोलामा २३ सयले बढ्यो सुनको मुल्य

1
1.2K Shares

नेपाली बजारमा आइतबार (फागुन ३) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top