नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको टुंगो नलगाई प्यानल घोषणा गरिएको छ । शिवप्रसाद घिमिरे, प्रबलजंग पाण्डे, दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले प्यानलसहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । घिमिरेले वस्तुगत उपाध्यक्ष, पाण्डेले एसोसिएसट उपाध्यक्ष र शर्मा तथा श्रेष्ठले जिल्ला नगर उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौंमा आयोजित एक समारोहमा उनीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् । यो प्यानललाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको छ । श्रेष्ठ आसन्न साधारणसभापछि स्वत: अध्यक्ष बन्नेछन् । उक्त कार्यक्रममा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा बलियो निजी क्षेत्र आवश्यक हुने भन्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने बताए । त्यस्तै, आगामी अध्यक्ष श्रेष्ठले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने बताए । वस्तुगततर्फको उपाध्यक्ष पदमा घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका छन् ।
यी हुन् उम्मेदवार :
वस्तुगततर्फका उम्मेदवार
शिवप्रसाद घिमिरे, उपाध्यक्ष
सदस्यका उम्मेदवारहरूः
नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी
नेपाल दाना उत्पादक संघ– रबिन पुरी
नेपाल कुचो संघ– राजकुमार कार्की
नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा
नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु
नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि
नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे
नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने
नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट
फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ
जुत्ता उत्पादक संघ– नानीराज घिमिरे
नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर
ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल
नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले
नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम
जिल्लारनगरतर्फ
उपाध्यक्षहरू
१. दिलसुन्दर श्रेष्ठ
२. कृष्णप्रसाद शर्मा
सदस्यहरू
१. कोशी प्रदेश– नवीन रिजाल
२. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ
३. गण्डकी प्रदेश–नवराज सुवेदी
४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ
एसोसिएट तर्फका उम्मेदवार
प्रवलजंग पाण्डे, उपाध्यक्ष
सदस्यहरू
अविज्ञा मल्ल
अम्बिका प्रसाद पौडेल
बाबुकाजी कार्की
हेमन्त गोल्छा
इश्वर जीसी
जुना माथेमा
कृष्णलाल महर्जन
निकोलश पाण्डे
प्रियराज रेग्मी
राजेश कुमार अग्रवाल
ऋषी अग्रवाल चैनावाल
आरएस भण्डारी
शक्ति कुमार बेगानी
सुशील थापा
सुयस प्याकुरेल
उज्वल कुमार श्रेष्ठ


