उद्योग, वाणिज्य मन्त्रालय एमालेको भागमा, मन्त्री दामोदर भण्डारी
उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । एमालेसहितको नयाँ गठबन्धन सरकारमा एमालेले ८ मन्त्री पठाएकोमा उद्योग एमालेको भागमा परेको हो । जसको नेतृत्व दामोदर भण्डारीले गर्ने छन् ।
मन्त्री भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । यो हिसावले उनी अर्थतन्त्र राम्ररी बुझेका मन्त्री हुन् । यस अगाडि पनि उद्योग, वाणिज्य मन्त्री बनेका भण्डारी मंसीर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए ।
२०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए । हाल भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुन् ।
पूरै एमाले पाटीको नेतृत्व भने पार्टी सचिव रघुवीर महासेठले गरेका छन् । महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवादी दिइएको छ । यसअघि विना विभागिय मन्त्रीको सपथ खाएका पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।
हरि उप्रेतीलाई रक्षा मन्त्रालय, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्ने एमाले स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।
प्रतिकृया दिनुहोस्