May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

नौ महिनामा १ अर्बको सुन्तला आयात, १९ करोड राजस्व सङ्कलन

नौ महिनामा १ अर्बको सुन्तला आयात, १९ करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब बढी रुपैयाँको सुन्तला आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको नौ महिनामा १ अर्ब ३५ करोड रुपैयाँको ताजा सुन्तला आयात भएको हो ।

Advertisement

 

Advertisement

सो सुन्तला इजिप्ट, चीन, भारत र दक्षिण अफ्रिकाबाट आयात भएका छन् । यी मुलुकबाट नौ महिनाको अवधिमा १९ हजार मेट्रिक टन फ्रेस सुन्तला आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । सो मात्राको सुन्तला आयात गरे विपत् सरकारले १९ करोड राजस्व सङ्कलन गरेको छ ।

यस्तै, नौ महिनामा तीन लाख रुपैयाँको सुन्तलाको जुस भित्रिएको छ । सो रकम बराबर एक हजार लिटर सुन्तला जुस भित्रिएको हो । यसबाट सरकारले १ लाख राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । थाइल्यान्ड, मल्टा, चीन र भारतबाट सुन्तला जुस भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।