May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप

कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप

कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने समय १ साता थप भएको छ । सरकारले हिजो वैशाख ११ गते सार्वजनिक विदा दिएको कारण पनि आवेदन दिने समय थप गर्नुपरेको बैंकले जनाएको छ । यो सँगै अब यसमा वैशाख १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि समय थप्नुअघि बैंकले मंगलबार (वैशाख ११ गते) सम्म आवेदन पाइने जानकारी गराएको थियो ।

बैंकले वैशाख ३ गतेदेखि ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Advertisement