May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

नौ महिनामा १९ करोड बढीको लसुन आयात

नौ महिनामा १९ करोड बढीको लसुन आयात

नेपालले ९ महिनाको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा नेपालले विदेशबाट १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको हो ।

Advertisement

भन्सार विभागका अनुसार यस अवधिमा १२ लाख किलोग्राम लसुन भित्रिएको छ । यसबापत आयातकर्ताले ४ करोड ७० लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा विशेष गरी चीन र भारतबाट लसुन आयात हुने गरेको छ । यस अवधिमा चीनबाट १ करोड १६ लाख रुपैयाँको लसुन भित्रिएको तथ्याङ्क छ ।

Advertisement

यस्तै भारतबाट १७ करोड ५० लाख रुपैयाँभन्दा बढीको लसुन आयात भएको तथ्याङ्क छ । लसुनलाई नेपाली भान्साको महत्त्वपूर्ण मसलाकारुपमा लिइन्छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट समेत विदेशतर्फ लसुन निर्यात हुन्छ । तर यो न्यून मात्रामा छ ।

९ महिनाको अवधिमा नेपालबाट अस्ट्रेलियातर्फ २ लाख १५ हजार रुपैयाँ बराबरको साढे ४०० किलोग्राम लसुन निर्यात भएको छ ।