May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्नका लागि सूचना जारी गरेको छ ।

Advertisement

राष्ट्र बैंकबाट मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले दिन चाहेको ब्याजदर सहित रकम प्रस्ताव गर्नुपर्नेछ । वैशाख १६ गते राती १२ बजेभित्र केन्द्रीय बैंकमा आइपुग्ने गरी प्रस्ताव इमेल मार्फत पेश गर्नुपर्नेछ ।

Advertisement

बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ७२ लाख रुपैयाँ राख्न लागेको हो ।

मुद्दती निक्षेपको समय २०८१ जेठ ३ गतेबाट शुरु भई २०८२ जेठ २ गते परिपक्व हुनेछ । बैंकबाट निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा कम, तोकिएको सीमा भित्र कर्जा निक्षेप अनुपात हुनुपर्ने, तोकिएभन्दा बढी रियलस्टेट कर्जा नगएको लगायतको शर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।