May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

मतगणना थाल्नुअघि इलाम-२ मा सर्वदलीय बैठक बस्दै

मतगणना थाल्नुअघि इलाम-२ मा सर्वदलीय बैठक बस्दै

प्रतिनिधि सभा उपचुनावअन्तर्गत इलाम-२ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ। शनिबार भएको चुनावमा मतपेटिका ल्याउन ढिलाइ भएपछि अहिले केहिबेरमा सर्वदलिए बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिले सर्वदलीय बैठक बस्दैछ। विहान ७ बजेकालागि बैठक डाकिएपनि प्रतिनिधि ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको हो । त्यसपछि मतगणना आरम्भ गर्ने तयारी अनुसार मतगणना स्थलमा सुरक्षा तारवार र सिसि क्यामारा जडान गरि तम तयार अवस्थामा राखिएको छ ।इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ ।

संविधान सभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम-२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

Advertisement