May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

विजयी सुरुवात गरेको नेपाल आज सिरिजको दोस्रो खेल वेस्ट इन्डिज ‘ए’ सँग खेल्दै

विजयी सुरुवात गरेको नेपाल आज सिरिजको दोस्रो खेल वेस्ट इन्डिज ‘ए’ सँग खेल्दै

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ । यो सिरिजलाई आगामी टी–२० विश्वकपको तयारीको रुपमा हेरिएको छ ।

Advertisement