May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

लगानी सम्मेलनले सेयर बजारमा थपियो उत्साह, बजार १४ अंकले बढेर १९८०.२७ विन्दुमा

लगानी सम्मेलनले सेयर बजारमा थपियो उत्साह, बजार १४ अंकले बढेर १९८०.२७ विन्दुमा

आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैगर्दा यसको सकारात्मक प्रभाव यता सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.६२ प्रतिशतले बढेर ३५०.८० विन्दुमा पुगेको हो।

Advertisement

३०८ स्क्रिप्सको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

Advertisement

यसदिन पोखरा फाइनान्सको सेयर सर्वाधिक ९.०२ प्रतिशतले बढ्यो। यसैगरी प्रोग्रेसिभ फाइनान्सको ७.६२,श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.८०,बेस्ट फाइनान्सको ६.७८ र किसान लघुवित्त वित्तीय संस्थाको ५.९३ प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १३ करोड ५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १७९ स्क्रिप्सको मूल्य बढ्दा ५६ वटाको घट्यो भने ९ को मूल्य स्थिर रह्यो। १३ वटा उपसमूहमध्ये १२ वटाको उपसूचक बढ्यो।