Banijya News

कोरोना कोषमा दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन

1
1.1K Shares

सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएकोे छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।


विडारीका अनुसार सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।


सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालका अतिरिक्त डडेलधुरा, प्रदेश नं ५, धौलागिरि अस्पताल, प्रदेश नं १ मा पनि कोभिड–१९ परीक्षण प्रयोगशाला राख्ने तयारी गरेको छ । उक्त स्थानमा प्रयोगशाला रहेपछि दैनिक १५ हजारसम्म परीक्षण गर्ने तयारी सरकारको रहेको विडारीको भनाई छ ।

1

Scroll to Top