प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इन्स्योरेन्सले ४ लाख २६ हजार ७७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक संस्थापक शेयरधनीहरुले आज चैत ८ गतेदेखि ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
इच्छुक लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्ने छन् । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने इन्स्योरेन्सले जनाएको छ ।


