Banijya News

साल्ट ट्रेडिङ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

1
1.1K Shares

 

साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ ।

साल्ट ट्रेडिङले घोषणा गरेको १५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । यसैगरी ग्रीन डेभलपमेन्ट बैंकले घोषणा गरेको ३.८ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो ।

समायोजित मूल्य अनुसार अब आइतबार साल्ट ट्रेडिङको कारोबार ४५६२.६० रुपैयाँमा खुल्नेछ भने  ग्रीन डेभलपमेन्टको कारोबार ३६२.५ रुपैयाँमा खुल्नेछ ।

आज साल्ट ट्रेडिङ कम्पनीको अन्तिम कारोबार ५२४७ रुपैयाँमा भएको थियो । त्यस्तै ग्रीन डेभलपमेन्टको भने अन्तिम कारोबार ३७६.३ रुपैयाँमा भएको थियो ।

साल्ट ट्रेडिङ कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी ग्रीन डेभलपमेन्टले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले चैत ९ गते बुकक्लोज तय गरेको छन् । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

 

1

Scroll to Top