Banijya News

बैंकवित्तको कर्जा ८.२ प्रतिशतले वृद्धि, कुन क्षेत्रमा कति ?

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धि भएको जनाएको छ । केन्द्रीय बैंकको वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले वृद्धि भई रु. ५५ खर्ब ८६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.९ प्रतिशतले वृद्धि भएको थियो ।
प्रतिवेदनअनुसार, ०८२ असार मसान्तमा कुल कर्जा कुल निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको छ । ०८१ असार मसान्तमा यस्तो अनुपात ७९.६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात मधेस प्रदेशमा सबैभन्दा बढी १२१.६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ५८.३ प्रतिशत रहेको छ । ०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५.८ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाह पनि बागमती प्रदेशमै सबैभन्दा धेरै ५९.५ प्रतिशत रहको छ ।

यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्घि भई रु. १६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत, विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा विद्युतीयसम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेछ छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार, औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु. १२ खर्ब ८० अर्ब ९७ करोड कर्जा लगानी रहेको छ । त्यसपछि कोशी प्रदेशमा औद्योगिक कर्जा ९.५ प्रतिशत गरिएको छ । त्यसपछि मधेसमा ७.५ प्रतिशत, गण्डकी प्रदेशमा १.६ प्रतिशत, लुिम्बनी प्रदेशमा ८.३ प्रतिशत, कर्णाली प्रदेशमा ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६ प्रतिशत रहेको छ ।

1

Scroll to Top