Banijya News

कुमारी बैंकको २५ औँ वार्षिक साधारणसभा सम्पन्न, आगामी योजनाहरू घोषणा

1
1.1K Shares

कुमारी बैंक लिमिटेडले आज पुस ३० गते बुधबार २५ औ वार्षिक साधारणसभा काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेट हलमा सम्पन्न गरेको छ।

सभाले आर्थिक वर्ष २०८१ ८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

पछिल्ला २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइ मार्फत ग्राहकलाई आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले आगामी दिनहरूमा पनि ग्राहक सेवामा निरन्तर सुधार गर्दै सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

यसका लागि बैंकले विभिन्न सहकार्य र नवप्रवर्तनलाई निरन्तरता दिने योजना बनाएको छ। साथै, बैंकले डिजिटल सेवा विस्तार, सुरक्षित कारोबार प्रणाली र ग्राहक अनुभव अझ सहज बनाउने कार्यक्रमहरू पनि अघि बढाउने जनाएको छ।

1

Scroll to Top