Banijya News

प्रचण्ड बने बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष

1
1.1K Shares

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त थियो।

सिबिफिनको विधानअनुसार, पदाधिकारी वा सदस्यले प्रतिनिधित्व गर्ने संस्था समितिबाट बाहिरिँदा पद स्वतः समाप्त हुन्छ। कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ मा सम्पन्न १५औँ बैठकमा श्रेष्ठ बाँकी कार्यकालका लागि सर्वसम्मत मनोनीत भएका छन्।

नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनित गरेको छ। महासचिव पद प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएपछि रिक्त भएको थियो भने कोषाध्यक्ष पद एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएपछि खाली भएको थियो।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेकासम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुमध्येबाट मनोनीत गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको हो।

1

Scroll to Top