Banijya News

इनड्राइभको नयाँ वर्ष अफर : राइड बुक गर्दा स्मार्टफोन जित्ने मौका

1
1.0K Shares

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर’ नामक विशेष उत्साहजनक क्याम्पेन सार्वजनिक गरेको छ। नयाँ वर्षको समयमा मानिसहरू परिवार र साथीभाइसँग भेटघाट गर्न बढी यात्रा गर्ने भएकाले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो योजना ल्याइएको हो।

यो क्याम्पेन २०२६ अप्रिल १४ देखि सुरु भई मे ४ सम्म सञ्चालन हुनेछ, जसमा सहभागी भएर प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कारहरू जित्ने अवसर पाउनेछन् । यस क्याम्पेनको मुख्य विशेषता भनेको ‘एक राइड बराबर एक लक्की-ड्र टिकट’ को व्यवस्था हो, जसको अर्थ जति धेरै पटक यात्रा गरिन्छ, जित्ने सम्भावना पनि उति नै बढी हुनेछ।

मेगा गिभअवेको भाग्यशाली विजेता बन्नका लागि प्रयोगकर्ताले एउटा विशेष प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ। जसअनुसार राइड सकिएपछि भाडा भुक्तानी गर्दा खल्ती एपमार्फत कम्तीमा दुई पटक सिधै चालकको खल्ती खातामा रकम पठाएको हुनुपर्नेछ। यसरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै इनड्राइभले यात्रालाई थप सहज र प्रविधिमैत्री बनाउन खोजेको देखिन्छ।

पुरस्कारहरूको सूचीमा इनड्राइभले निकै आकर्षक उपहारहरू समावेश गरेको छ। मेगा गिभअवे अन्तर्गत १० जना भाग्यशाली प्रयोगकर्ताले अनर एक्स ७ डि स्मार्टफोन उपहार पाउनेछन्। यसका साथै, अन्य धेरै प्रयोगकर्ताहरूका लागि प्रोमो कोड र क्यासब्याकको व्यवस्था समेत गरिएको छ। जसमा १,००० जनालाई १५ प्रतिशत क्यासब्याक, अर्को १,००० जनालाई २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड र १०० जनालाई खल्ती प्रोमा निःशुल्क अपग्रेड गरिने सुविधा रहेको छ।

यस्ता उपहारहरूले नयाँ वर्षको यात्रालाई थप उत्साहजनक बनाउने कम्पनीको विश्वास छ। इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले आफ्ना प्रयोगकर्ताहरूलाई चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिँदै यो क्याम्पेनमार्फत धन्यवाद व्यक्त गर्न चाहेको बताएकी छिन । त्यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले इनड्राइभसँगको सहकार्यले डिजिटल भुक्तानीलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन । चाडपर्वको समयमा सुरक्षित र सहज यात्राका साथै उपहार समेत जित्न सकिने यो अवसरले धेरै मानिसलाई इनड्राइभको सेवा प्रयोग गर्न आकर्षित गर्ने देखिएको छ।

1

Scroll to Top