Banijya News

सम्पत्ति शुद्धीकरण विभागद्धारा मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा खानतलासी

1
1.1K Shares

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता इन्द्रबहादुर बानियाँमाथि सुक्ष्म निगरानी बढाउँदै उनका विभिन्न ठेगानाहरूमा एकसाथ छापा मारेको छ। विभागको टोलीले आज काठमाडौँ र हेटौंडामा रहेका बानियाँका निजी निवास तथा व्यावसायिक कार्यालयहरूमा पुगेर विस्तृत खानतलासी गरेको हो। विशेषगरी बानियाँको स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ लाई लक्षित गरी विभागले आफ्ना कारबाही अगाडि बढाएको बुझिएको छ।

काठमाडौँको मुख्य व्यापारिक केन्द्र नक्साल र सुन्धारामा रहेका बानियाँका कार्यालयहरूमा विभागका अधिकारीहरूले छापा मारी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएका छन्। सोही क्रममा हेटौंडास्थित उनको निजी निवास र त्यहाँ रहेको व्यावसायिक कार्यालयमा पनि विभागको टोलीले छापा मारेको थियो। लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय रहँदै आएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका नेता समेत हुन् ।

राजनीतिक शक्तिको आडमा अस्वाभाविक सम्पत्ति आर्जन गरेको हुन सक्ने आशंकामा विभागले यो कदम चालेको प्रारम्भिक अनुमान गरिएको छ। छापा मारिएका स्थानहरूबाट फेला परेका प्रमाण र कागजातहरूको आधारमा विभागले थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

1

Scroll to Top