Banijya News

एक्सेल डेभलपमेन्ट बैंकद्वारा गोल्ड टेस्टर पदका लागि आवेदन आह्वान

1
1.0K Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कोशी प्रदेशमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा विभिन्न शाखाका लागि कर्मचारीको माग गरेको छ। बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको यस बैंकले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि कुल ४ जना ‘गोल्ड टेस्टर’  पदमा दरखास्त आह्वान गरेको हो

। बैंकले दक्ष तथा अनुभवी जनशक्तिमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ। उक्त पदका लागि आवेदन दिन चाहने उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता एसईई उत्तीर्ण गरेको र बैंक, वित्तीय संस्था वा सुन-चाँदी व्यवसायमा गोल्ड टेस्टरको रूपमा कम्तीमा २ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ।

सुन परीक्षण, गहना तथा बहुमूल्य धातु मूल्याङ्कनसम्बन्धी प्राविधिक ज्ञान वा तालिम प्राप्त गरेका, आधारभूत कम्प्युटर तथा अभिलेख व्यवस्थापनमा दक्ष र टिमवर्कमा काम गर्न सक्ने उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो बायोडाटा, शैक्षिक योग्यता, नागरिकता, अनुभवको प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित २०८३ जेठ ६ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ।

1

Scroll to Top