Banijya News

सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला

1
1.0K Shares

 सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत (अर्थात ८ लाख ५० हजार कित्ता) शेयर निष्काशनको अनुमति पाएको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि हिस्सा छुट्याएर बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि बजारमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि असार २ गतेभित्र (माग बमोजिम आवेदन नपरेमा असार ११ गतेसम्म) सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओलाई केयर रेटिङ्स नेपालले वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम बुझाउने ‘’केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड विगत एक दशकभन्दा बढी समयदेखि कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित उत्पादन प्लान्टबाट सञ्चालन हुँदै आएको पेन्ट उद्योग हो। कम्पनीले इमल्सन, इन्यामेल, डिस्टेम्पर र वाल पुट्टीलगायतका सजावटी रङहरू उत्पादन तथा बिक्री-वितरण गर्दै आएको छ। अनुभवी नेतृत्व र न्यून ऋण भारका कारण कम्पनीको वित्तीय संरचना सन्तुलित देखिए पनि बजारमा स्थापित बहुराष्ट्रिय ब्रान्डहरूसँगको प्रतिस्पर्धा र लामो सञ्चालन चक्र (नगद प्रवाहमा दबाब) यसका प्रमुख व्यावसायिक चुनौती हुन्।

1

Scroll to Top