नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृदि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि जेठ ३१ गते सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०० रुपैयाँ तय गरिएको छ ।


