Banijya News

टिभिएस खरिदमा दुई वर्ष सवारी कर छुट

1
1.0K Shares

नेपालका लागि टिभिएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले ग्राहकहरूलाई थप सहज र किफायती स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यका साथ ‘२ वर्ष ट्याक्स फ्री – टिभिएसमा खुशी नै खुशी योजना सार्वजनिक गरेको छ।

यस विशेष अफर अन्तर्गत टिभिएसको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूले २ वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्नेछन्, जसले सवारी स्वामित्वको खर्चलाई उल्लेखनीय रूपमा घटाउनेछ। यस योजनासँगै ग्राहकहरूले नागरिकता र लाइसेन्सकै भरमा उपलब्ध हुने फटाफट फाइनान्स, मात्र रु. २,८९९ बाट सुरु हुने न्यूनतम ईएमआई र पुरानो सवारी साटेर नयाँ टिभिएस खरिद गर्न सकिने एक्सचेन्ज सुविधा समेत पाउनेछन्। जगदम्बा मोटर्सका उपाध्यक्ष श्री दीपक अग्रवालका अनुसार, ग्राहकलाई अधिकतम सुविधा प्रदान गर्दै सवारी खरिद प्रक्रियालाई अझ सहज, किफायती र आकर्षक बनाउन यो योजना ल्याइएको हो।

दशकौँदेखि नेपाली अटोमोबाइल क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको जगदम्बा मोटर्स प्रा। लि। देशकै सबैभन्दा विश्वसनीय र स्थापित संस्थाहरू मध्ये एक हो। नेपालभरि सहज यात्रा ९ःयदष्ष्तिथ० लाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको यस कम्पनीले आफ्नो विस्तृत राष्ट्रव्यापी नेटवर्क र उत्कृष्ट ुआफ्टर(सेल्स सपोर्टु मार्फत नवीन एवं उच्च गुणस्तरका सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रविधिहरू नेपाली उपभोक्ताहरूका लागि भित्र्याउँदै जगदम्बा मोटर्सले देशमा रोजगारी, सीप विकास र नेपालको समग्र अटोमोबाइल क्षेत्रको वृद्धिमा समेत उल्लेखनीय योगदान पुर्‍याइरहेको छ। कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको आधिकारिक टिभिएस शोरुममा गई योजनाबारे विस्तृत जानकारी लिन अनुरोध गरेको छ।

1

Scroll to Top