Banijya News

वीरगञ्जमा प्रणाली स्तरोन्नतिका लागि नेपाल टेलिकमको सेवा ५ दिन अवरुद्ध हुने

1
1.0K Shares

नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा आफ्नो एफटीटीएच प्रणालीलाई थप प्रभावकारी बनाउन स्तरोन्नति (अपग्रेड) को कार्य सुरु गर्न लागेको छ। यसै सिलसिलामा प्राविधिक काम गर्नुपर्ने भएकाले आगामी ५ दिनसम्म सम्बन्धित क्षेत्रहरूमा इन्टरनेट, टेलिफोन तथा एनआईटीभी सेवाहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध हुने कम्पनीले जनाएको छ।

यो अवरोधलाई व्यवस्थित गर्न टेलिकमले विभिन्न क्षेत्रहरूका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको छ। पहिलो चरण अन्तर्गत, असार ८ गते सोमबार राति १० बजेपछि आदर्शनगर, गणेशमान चोक, मालपोत कार्यालय, त्रिजुद्ध स्कुल, अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा कार्यालय तथा त्यस आसपासका क्षेत्रहरूमा दूरसञ्चार सेवा प्रभावित हुनेछ।

त्यसको भोलिपल्ट अर्थात् असार ९ गते मंगलबार राति १० बजेदेखि दोस्रो चरणको काम हुने भएकाले लिङ्क रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी, भानु चोक, ब्रह्मा चोक, रामटोल र बाइपास रोड आसपासका ग्राहकहरूले इन्टरनेट, फोन र एनटीटीभी सेवामा अवरोध बेहोर्नुपर्ने हुन सक्छ।

यसैगरी, तेस्रो चरणमा असार १० गते बुधबार राति १० बजेपछि प्रसूति गृह, नारायणी अस्पताल, ब्लड बैंक आसपास, बिर्ता माई मन्दिर, हनुमान मन्दिर तथा छपकैया क्षेत्रमा प्राविधिक काम गरिने भएकाले ती स्थानहरूमा पनि सेवा बन्द रहने टेलिकमले सूचनामार्फत स्पष्ट पारेको छ। स्तरोन्नतिको काम सकिएलगत्तै सेवाहरू स्वतः पूर्ववत् रूपमा सञ्चालन हुनेछन्।

1

Scroll to Top