Banijya News

मुस्ताङको विलासी ‘शिन्तामणि रिसोर्ट’ ले ९ महिनामा गर्‍यो १३.६ करोडको कारोबार

1
1.0K Shares

 

मुस्ताङको मार्फामा स्थापित ‘मुस्ताङ माउन्टेन होम’ ले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १३ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। सन् २०१४ मा स्थापना भई २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीको व्यापारिक ग्राफ लगातार सुधारोन्मुख देखिन्छ। कम्पनीले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँको कारोबार गरेको थियो भने त्यसअघि सन् २०२४ मा ७ करोड ६० लाख र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको थियो। सन् २०२२ को मार्चबाट व्यावसायिक यात्रा सुरु गरेको यस कम्पनीले एक अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौता गरी सन् २०२३ को अन्त्यबाट मात्र रिसोर्टलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको हो।

लाक्पा सोनाम शेर्पा अध्यक्ष रहेको यस कम्पनीले १ अर्ब १६ करोड ८० लाख रुपैयाँको लागतमा ुशिन्तामणी मुस्ताङु नामक अति विलासी रिसोर्ट निर्माण गरेको हो, जुन यति ग्रुप अफ कम्पनिज अन्तर्गत पर्दछ। ३५ हजार १०३ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको यो रिसोर्ट देशकै सबैभन्दा महँगोमध्येको एक हो, जहाँ बस्नका लागि न्यूनतम ५ दिनको प्याकेज अनिवार्य गरिएको छ र प्रतिरात न्यूनतम १७ सय डलर शुल्क लाग्छ। अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेको डिजाइनमा बनेका २९ वटा सुईट रुमहरू रहेको यस होटलमा फुड एन्ड बेभरेज, स्पा, कन्फरेन्स हलका साथै हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ र ट्रेकिङ जस्ता विशेष सुविधाहरू उपलब्ध छन्।

रिसोर्ट निर्माण गर्दा ऋण र इक्विटीको अनुपात ७६स्२४ राखिएकोमा हाल कम्पनीको वित्तीय सूचकांकमा केही परिवर्तन आएको छ। लगानीकर्ताहरूले थप २० करोड रुपैयाँ इक्विटी लगानी गरेपछि सन् २०२४ मा ९० करोड ९० लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर ७५ करोड २० लाख रुपैयाँमा झरेको छ। ऋणभार घट्दा कम्पनीको ब्याज कभरेज अनुपात पनि सुधार भई ०।११ गुणाबाट ०।७५ गुणा पुगेको छ। समग्र ऋण घटे पनि कमजोर ऋण सुरक्षा सूचकांकका कारण वित्तीय जोखिम प्रोफाइल अझै सीमित देखिन्छ भने कम्पनीले ७२ करोड ७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ समेत गराएको छ।

1

Scroll to Top