सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो विद्यमान व्यवस्थापन प्रणालीलाई थप आधुनिक, सुदृढ र प्रभावकारी बनाउन उक्त प्रणालीमा स्तरोन्नति गर्ने भएको छ । प्रणाली प्रतिस्थापन कार्यका कारण केही समयका लागि बीमासम्बन्धी सेवाहरू प्रभावित हुने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको सूचनाअनुसार साउन १४ गते बिहीबार बेलुका ८ बजेदेखि साउन १८ गते सोमबार बिहान ८ बजेसम्म सेवा अवरुद्ध रहनेछ ।
यस अवधिमा कम्पनीको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा/उपशाखा कार्यालयबाट भौतिक रूपमा प्रदान गरिने बीमालेखसम्बन्धी सेवाहरू, डिजिटल माध्यमबाट गरिने बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक र अभिकर्ता पोर्टल सेवा अस्थायी रूपमा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।


