Banijya News

नेप्सेमा करेक्सन, कारोबार रकम ५ अर्ब ३८ करोड

1
1.0K Shares

पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक आज बुधबार करेक्सन भएको छ । आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । हिजो मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज बुधबार ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशत घटेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ । त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ ।

1

Scroll to Top