Banijya News

कुमारी बैंकको १ लाख संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

कुमारी बैंक लिमिटेडका विभिन्न संस्थापक सेयरधनीको नाममा कायम रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम उक्त संस्थापक सेयर बिक्री गर्न बैंकसमक्ष निवेदन दिएपछि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम बिक्री गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

संस्थापक सेयर बिक्री गर्नुअघि विद्यमान संस्थापक सेयरधनीलाई नै खरिद गर्ने पहिलो हक हुने भएकाले उनीहरूका लागि सूचना प्रकाशित गरिएकोमा तोकिएको अवधिभित्र कुनै आवेदन नपरेको बैंकले जनाएको छ ।

त्यसपछि संस्थापक समूहबाहेकका इच्छुक सर्वसाधारणले समेत उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौँ–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ–२, टंगालमा आवेदन दिनुपर्नेछ ।

उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

1

Scroll to Top