मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । फाइनान्सको असोज २२ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य रकमबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।


