ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन् । संघको ४७औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८३ अन्तर्गत शनिबार सम्पन्न मतदानमा उनले ८६७ मत प्राप्त गरेका हुन् ।
निर्वाचनबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य तथा संस्थागत क्षेत्रका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्य चयन भएका छन् ।
निर्वाचन परिणामअनुसार रूपकुमार शाक्यले ५७१, सजना श्रेष्ठ (नेम्कुल)ले ८७५, संजय अमात्य (श्रेष्ठ)ले ७९१, सुविन बज्राचार्यले ७५८ र मिलन शाक्यले ९२४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । त्यस्तै, शर्मिला श्रेष्ठ जोशी ७१७ मतसहित निर्वाचित भएकी छन् ।
यसैगरी, अनिल महर्जनले २७९, गंगा महर्जनले ३१०, दिनेशानन्द शाक्यले २८७, प्रविन बज्राचार्यले ३२२, रजना श्रेष्ठ जोशीले २९४ र सुविन मान जोशीले ३२७ मत प्राप्त गरेका छन् ।
अनिल बज्राचार्य ५५६, इच्छामान महर्जन ४४६, उपेन्द्र लाखे ५३७, प्रशम राज बज्राचार्य ४६१, महेश्वरलाल खोंसी ४६४, सानुमाया शाक्य ४५० र सुरेश शाक्य ४४२ मतसहित निर्वाचित भएका छन् । रवि महर्जन भने निर्विरोध चयन भएका छन् ।
संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन क्षेत्रगत उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १५ कार्यसमिति सदस्य चयन गर्ने व्यवस्था छ । सदस्यतर्फ उद्योगबाट छ, वाणिज्यबाट सात तथा संस्थागत र एसोसिएट क्षेत्रबाट एक–एक जनाको प्रतिनिधित्व रहने व्यवस्था छ ।
एसोसिएट उपाध्यक्ष पदमा भने निर्वाचन भएन। विधानअनुसार उक्त पदको व्यवस्था गर्न कम्तीमा ५० एसोसिएट सदस्य आवश्यक पर्नेमा संख्या नपुगेका कारण निर्वाचन नगरिएको जनाइएको छ ।

