Banijya News

नाडा र बागमती सरकारले सहकार्य गर्ने

1
1.1K Shares

काठमाडौंलगायतका सहरी क्षेत्रमा ट्राफिक र पार्किङलगायतका समस्या समाधान गर्न बागमती प्रदेश सरकार र नाडाले सहकार्य गर्ने भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यस्तो बताएका हुन् ।

भेटमा मुख्यमन्त्री बानियाँले देशको ५० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा नै दर्ता हुने भएकाले प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनुपर्ने धारणा राखे । यसैक्रममा मुख्यमन्त्री बानियाँले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने र सवारीसाधनका लागि ट्रायल सेन्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबिच सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

छलफलमा नाडाका अध्यक्ष उपे्रतीले नेपालको अटोमोबाइल क्षेत्रमा एक खर्बभन्दा बढीको लगानी रहेको बताए । सोही क्रममा उनले नेपालको अटोमोबाइल क्षेत्रमा वार्षिक पाँच हजार जनशक्तिको आवश्यकता हुने जानकारी गराए । कुन क्षेत्रमा सहकार्य गरेर प्रदेश सरकारसँग अघि बढ्न सकिन्छ, त्यस विषयमा मोडालिटी तयार गरी पेस गरिने उनले बताए ।

1

Scroll to Top