Banijya News

टाटाको नयाँ वर्ष अफर: गाडी साट्दा आईपीएल हेर्न पाइने

1
1.1K Shares

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को सुखद अवसरमा ग्राहकहरूका लागि विशेष नयाँ वर्ष शुभ एक्सचेन्जु योजना सार्वजनिक गरेको छ। आगामी चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने यस चार दिने एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफ्नो जुनसुकै पुरानो गाडी साटेर टाटाका अत्याधुनिक र सुरक्षित कारहरू खरिद गर्न सक्नेछन्।

नयाँ वर्षलाई थप उत्साहपूर्ण बनाउन ल्याइएको यस योजनामा सहभागी भई टाटा कार खरिद गर्ने ग्राहकहरूमध्ये भाग्यशाली विजेताले लक्की ड्रमार्फत भारतमा प्रत्यक्ष रूपमा टाटा आइपीएल हेर्न जाने विशेष अवसर प्राप्त गर्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकहरूलाई आर्थिक लाभ पुर्‍याउने उद्देश्यले आकर्षक नगद छुट र पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै गाडी खरिद गर्दा निःशुल्क एक्सेसरिज, एक वर्षको सवारी कर छुट, लाइफटाइम डिसी फास्ट चार्जिङ र घरमै चार्जर जडान गर्ने जस्ता विशेष सुविधाहरू समेत उपलब्ध गराइनेछ।

ग्राहकहरूलाई विश्वसनीय सवारी साधनसँगै उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको यस योजनाको विस्तृत जानकारीका लागि नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा सम्पर्क गर्न सकिनेछ।

1

Scroll to Top