Banijya News

नेपालमा लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभीको माग र बिक्री तीव्र रूपमा बढ्दै

1
1.0K Shares

सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटपछि नेपालमा लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभी B10 र C10 को बुकिङ तथा डेलिभरीमा उल्लेख्य वृद्धि भएको छ। नेपालका लागि यसको आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार बजेट घोषणासँगै नयाँ अर्डरहरू द्रुत गतिमा बढेका छन् भने गाडीहरूको डेलिभरी पनि तीव्र रूपमा भइरहेको छ। नेपाली अटोमोबाइल बजारमा लिपमोटरले प्रदान गरेको उत्कृष्ट सुरक्षा, भरपर्दो रेन्ज र सुलभ मूल्यको विशेष संयोजनका कारण यसप्रति उपभोक्ताहरूको आकर्षण लगातार बढ्दै गएको कम्पनीको भनाइ छ।

हाल कम्पनीले नेपाली बजारमा C10 लाई प्रिमियम लक्जरी एसयूभीका रूपमा र B10 लाई विशेष आकर्षक मूल्यमा बिक्री-वितरण गरिरहेको छ। यसै क्रममा B10 को मूल्यमा ५ लाख रुपैयाँको ठूलो कटौती गर्दै अहिले ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ६० लाख रुपैयाँ रहेको थियो। उपभोक्तालाई किफायती मूल्यमा प्रिमियम अनुभव दिलाउने उद्देश्यले मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ।

सुरक्षाका दृष्टिकोणले यी दुवै पूर्ण विद्युतीय प्रिमियम एसयूभीहरूले प्रतिष्ठित ‘Euro NCAP ५-स्टार सेफ्टी रेटिङ’ प्राप्त गरेका छन्, जसले यिनीहरूको विश्वस्तरीय सुरक्षा मजबुतीलाई प्रमाणित गर्छ। विशेषगरी B10 मोडलमा CLTC मापदण्डअनुसार एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको उत्कृष्ट रेन्ज, स्पेयर टायर तथा अनेकौँ आधुनिक सुविधाहरू उपलब्ध छन्। यी विशेषताहरूले गर्दा यो गाडी दैनिक शहरी प्रयोगका साथै लामो दूरीको यात्राका लागि समेत अत्यन्तै उपयुक्त र आरामदायी देखिएको छ।

नेपाली ग्राहकहरूमाझ लिपमोटरका विद्यमान मोडलहरू लोकप्रिय भएसँगै कम्पनीले निकट भविष्यमै नेपाली बजारमा भित्र्याउन लागेको नयाँ मोडल ‘लिपमोटर B03’ प्रति पनि सकारात्मक वातावरण बनेको छ। विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिसको बलियो साझेदारीमा रहेको लिपमोटरले बजेटपछिको यो उत्साहजनक बजार प्रतिक्रियाले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने विश्वास लिएको छ। साथै, आगामी दिनहरूमा पनि नेपाली ग्राहकहरूलाई भरपर्दो, सुरक्षित र आधुनिक प्रविधियुक्त विद्युतीय सवारीसाधनहरू उपलब्ध गराइरहने प्रतिबद्धता सांग्रिला मोटर्सले दोहोर्‍याएको छ।

1

Scroll to Top