नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना घोषणा गरेको छ ।
कम्पनीका अनुसार, यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एउटा निश्चित पुरस्कार प्राप्त गर्नेछन् । ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये एउटा पुरस्कार पाउने कम्पनीले जनाएको छ । साथै, यस योजनामार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन् ।
कम्पनीले चाडपर्वमा मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन वित्तीय सुविधा पनि उपलब्ध गराउने जनाएको छ । उक्त सुविधा तथा योजनाका पुरस्कारमा सम्बन्धित नियम तथा सर्त लागू हुनेछन् ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई लक्षित योजनामार्फत प्रत्येक ग्राहकलाई निश्चित पुरस्कारसँगै दैनिक छनोटबाट दीर्घकालीन सर्भिस सुविधा जित्ने अवसर दिन खोजिएको बताए ।
कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई थप मूल्य र उपयोगी लाभ उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए । निश्चित पुरस्कार, दैनिक छनोट र सहज वित्तीय सुविधाले टीभीएसका दुईपांग्रे सवारीको खरिदलाई थप पहुँचयोग्य बनाउने कम्पनीको अपेक्षा छ ।
जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक हो । कम्पनीले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

