Banijya News

ब्याज, घरभाडा र कर मिनाह गरिदिन काठमाडौं राष्ट्रिय व्यापार संघको सरकारसँग अपिल

1
1.1K Shares

काठमाडौं, वैशाख ।
साना व्यवसायीको पसल विगत एक महिनादेखि बन्द रहेकाले ब्याज, घरभाडा र कर मिनाह गरिदिन संघले सरकारसँग आग्रह गरेको छ । काठमाडौं राष्ट्रिय व्यापार संघले सरकारसँग कर मिनाहा गरिदिन अपिल गरेको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै संघले महामारीको चपेटामा परेको जनाउँदै व्ययसायीले वहन गर्नुपर्ने ती सबै दायित्व मिनाह तथा सरलिकरण गरिदिन आग्रह गरेको हो ।

साना व्यवसायीको पसल विगत एक महिनादेखि बन्द रहेकाले ब्याज, घरभाडा र कर मिनाह गरिदिन सरकारसँग आग्रह गरेको हो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण व्यापार नहुँदा बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न नसक्ने संघले बताएको छ ।


संघले आर्थिक सहजिकरणका प्याकेजहरू उपलब्ध गराई अभिवावकीय दायित्व निर्वाह गरिदिन सरकारसँग अनुरोध गरेको हो ।

1

Scroll to Top