नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश कँडेल निर्विरोध चयन भएका छन् । अध्यक्ष कँडेलसहितका सबै पदाधिकारी तथा सदस्यहरू नै निर्विरोध बनेका हुन् । अध्यक्षका अर्का प्रत्यासी नवराज सुवेदीले उमेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका हुन् । नरेश बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
एसोसियटतर्फको उपाध्यक्षमा सूर्यबहादुर भुजेल र वस्तुगततर्फ हरिकुमार श्रेष्ठ निर्विरोध भए । जिल्ला नगरतर्फको उपाध्यक्षमा मृगेन्द्र घिमिरे सर्वसम्मत बनेका छन् । कोषाध्यक्षमा राजेन्द्र ओझा निर्विरोध भए । जिल्ला नगरतर्फ विमलप्रसाद रिमाल, रामकुमार श्रेष्ठ, दीपकप्रसाद सापकोटा, ठाकुर बी पौडेल र हस्तबहादुर खड्का निर्विरोध बने । एसोसियट सदस्यमा रामचन्द्र रेग्मी निर्वाचित भए । दुई सदस्य हुने एसोसियटमा एक पद खाली छ । जस्तुगत सदस्यमा हिरामणि पण्डित र चन्द्रकिशोर गौतम विजयी बने l
नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीमा जिल्ला नगरतर्फ २३, एसोसियटमा ५५ र वस्तुगततर्फ ६ जना सदस्य छन् । महासंघ गण्डकीको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य रहने व्यवस्था छ । महासंघ प्रादेशिक संरचनामा गएपछि यो नै निजी क्षेत्रको प्रदेशमा सबैभन्दा ठूलो संगठन मानिन्छ ।


