Banijya News

एभरेस्ट बैँकको नँया घर कर्जा, २५ वर्षसम्मका लागि ऋण पाउने सुविधा

1
1.1K Shares

पौष, १० काठमाडौैं
बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । ‘घरभाडाभन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन, आफनै् घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता रू. ९ हजार ३६३ को आवास कर्जा ल्याएको हो । योजनाको सेवा शुल्कमा ग्राहकले २५ प्रतिशत विशेष छूट तथा २५ वर्षसम्मका लागि ऋण पाउने सुविधा ल्याएको हो । बैंकले ९५ ओटा शाखा, २८ ओटा राजस्व संकलन काउन्टर र १२२ ओटा एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।

1

Scroll to Top