Banijya News

ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1
1.1K Shares

१८ मंसिर, काटमाण्डौ ।


ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । यो सँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३२ पुगेको छ ।


शाखारहित बैंकिङ सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीसहोम ,सीडीएमए, यूटीएल,तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।


बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

1

Scroll to Top